२०८३ साउन ९ शनिबार

एमाले प्रदेश नं ३ को दलको नेतामा डोरमणि पौडेल विजयी, पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित

ई आर्थिक    शुक्रबार, माघ २६ २०७४
2.7K
Shares
एमाले प्रदेश नं ३ को दलको नेतामा डोरमणि पौडेल विजयी,  पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौँ, २६ माघ । नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका  छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् ।

वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका  थिए।
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij