२०८३ साउन ९ शनिबार

व्यापारी मोतिलाल दुगड सांसद बन्दै, विजय सुब्बाको नाम पनि निर्वाचन आयोगमा

ई आर्थिक    बिहिबार, माघ २५ २०७४
16.6K
Shares
व्यापारी मोतिलाल दुगड सांसद बन्दै, विजय सुब्बाको नाम पनि निर्वाचन आयोगमा

बिहीबार, माघ २५, २०७४, काठमाडौं । व्यापारी मोतिलाल दुगड पनि सांसद बन्ने भएका छन् । एमाले कोटाको प्रतिनिधि सभाको समानुपातिकतर्फबाट दुगड सांसद बन्न लागेका हुन । एमालेले दुई महिलाको नाम काटेर दुगडका साथै विजय सुब्बाको नाम निर्वाचन आयोग पठाएको हो । एमालेले दुगडलाई मधेसी कोटाबाट सांसद बनाउने सूचिमा समेटेको हो ।

टिएम दुगड ग्रुपका अध्यक्ष रहेका दुगडले अटोमोवाइल, बैंक वित्तीय संस्था, पेय पदार्थ जुसलगायतका क्षेत्रमा लगानी गरेका छन । उनी सनराइज बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष समेत हुन ।

एमालेले दुई महिलाको नाम काटेर उनीहरुको नाम निर्वाचन आयोग पठाएको हो । खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नामलाई एमालेले काटेको छ । यसअघि एमालेले दुई जना पुरुष र ३९ महिलाको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो।

राष्ट्रिय सभाको निर्वाचनपछि चार पुरुषलाई समानुपातिकबाट सांसद बनाउन सक्ने अवस्था आएपछि एमाले दुई महिलाको नाम काटेर पुरुषको नाम राखेको हो। समानुपातिकतर्फ एमालेले ४१ सिट पाउदैछ ।

यसअघि प्रतिनिधि सभाको समानुपातिक तर्फ खसआर्यको एक नम्बरको सूचीमा रहेका मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँसहित ३९ महिलाको नाम एमालेले पठाएका थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij