२०८३ साउन ९ शनिबार

अब जुनसुकै बैंकबाट पनि आफ्नो बैँकको खातामा रकम जम्मा गर्न सकिने

ई आर्थिक    आइतबार, माघ ७ २०७४
7.4K
Shares
अब जुनसुकै बैंकबाट पनि आफ्नो बैँकको खातामा रकम जम्मा गर्न सकिने

७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकले सेवाग्राहीलाई सुविधा पुग्ने गरी जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर आफ्नो बैंक खातामा जम्मा हुने गरी नगद राख्न पाउने व्यवस्था गरेको हो ।

यस व्यवस्थापछि निक्षेपकर्ताले आफ्नो पायक पर्ने ठाउँका बैंकमा खाता नभए पनि अरु बैंकमा गएर पैसा जम्मा गर्न अप्ठेरो पर्नेछैन । तर यसरी खातामा जम्मा गरिसकेको रकम अर्को बैंकबाट झिक्न भने मिल्ने छैन । अर्थात् रकम झिक्न भने निक्षेपकर्ता आफ्नो सम्बन्धित बैंकमा जानुपर्नेछ । अर्को बैंकका ग्राहकलाई आफ्नो बैंकबाट रकम जम्मा गर्दा आवश्यक शुल्क भने लिन पाउने छुट भने केन्द्रीय बैंकले दिएको छ ।

राष्ट्र बैंकले यसरी अर्को बैंकबाट रकम जम्मा गर्दा लिने शुल्कबारे निक्षेपकर्तालाई जानकारी गराउनुपर्ने भनेको छ । राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार यसरी रकम जम्मा गर्दा नगद कारोबारको सीमा विद्यमान निर्देशिका बमोजिम एक लाख रुपैयाँ भन्दा बढीको कारोबार सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान खुल्नुका साथै जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ ।

अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् । यस व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका जनता लाभाविन्त हुनेछन् । सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने सरकारको तयारी छ ।

यसरी शाखा पुगेका स्थानीय तहका नागरिकले ती बैंकका शाखामा गएर अन्य बैंकमा रहेको आफ्नो खातामा पैसा जम्मा गर्न अब सहज हुनेछ । यो सुविधा सहरी क्षेत्रका नागरिकलाई पनि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij