काठमाडौं । एनआईसी एशिया बैंकले लमजुङको सदरमुकाम बेंशीसहरमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकको यो १४५ औं शाखा हो । देशभरका विभिन्न स्थानमा गरी अन्य स्थानमा १४४ वटा शाखा विस्तार गरिसकेको छ ।
उक्त शाखाको एक समारोहका विच लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लमजुङको आर्थिक समृद्धिका लागि एन आई सी एशिया बैंकले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । विगतमा बैंक केही संख्यामा बैंक हँुदा स्थानीय र व्यवसायीहरुलाई समस्या परेको भन्दै उहाँले यो बैंक विस्तारले सहज हुने बताउनुभयो ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक दिपेन्द्र शर्माले सेवाका निम्ती बैंक तत्पर रहेको बताउनुभयो । बंैक अफ एसिया र एन आई सि बैंक मर्ज भएर एनआईसी एशिया बैंक बनेको र बैंकले दिने सेवा सुविधाको वारेमा समेत जानकारी दिइएको थियो ।
बैंकको हालसम्म ८ अर्ब बढी पुँजी रहेको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एकमा पर्छ ।
यी शाखा कार्यालयहरुका साथै बैंकले १४१ एटीएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।