२०८३ साउन ९ शनिबार

रुपन्देही देवदहका फर्निचर व्यवसायी बसन्त पौडेलको गोली हानी हत्या

ई आर्थिक    शुक्रबार, पौस २१ २०७४
1.9K
Shares
रुपन्देही देवदहका फर्निचर व्यवसायी बसन्त पौडेलको गोली हानी हत्या

बुटवल । रुपन्देहीको देबदहका स्थानीय फर्निचर व्यवसायी बसन्त पौडेलको गोली हानी हत्या गरिएको छ । हत्या गरिएका व्यवसायी पौडेललाई बलु उपनामबाट चिनिन्थ्यो ।

अज्ञात समूहले टाउकोमा हानिएको गोलिले पौडेलको मृत्यु भएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ ।

मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेका थिए । उक्त घटनापछि जिम्मेवारी अपराधिक समूहमा नाम कहलिएका मनोज पुनले जिम्मेवारी लिएका छन । पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका थिए । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त समेत रहेका पुन अहिले फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij