२०८३ साउन ९ शनिबार

टुरिजम् डेभलपमेन्ट बैंकद्वारा एकैसाथ ५ स्थानमा शाखा सञ्जाल विस्तार

ई आर्थिक    बिहिबार, पौस २० २०७४
3.7K
Shares
टुरिजम् डेभलपमेन्ट बैंकद्वारा एकैसाथ ५ स्थानमा शाखा सञ्जाल विस्तार

काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा काठमाडौंको ज्ञानेश्वर शाखा र ३ वटा नयाँ एक्सटेन्सन काउन्टर र भक्तपुरको सुर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकद्वारा आयोजित विशेष कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले संयुक्त रुपमा ज्ञानेश्वर शाखाको उद्घाटन गर्नुभयो ।

यसैगरी आजै भक्तपुर जिल्ला स्थित सुर्यविनायक शाखाको उद्घाटन सुर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाले एवं बैंकका संचालक ठाकुरप्रसाद भट्टराईले संयुक्त रुपमा गर्नुभयो ।

सोही दिन बैंकले काठमाडौंको कागेश्वरी मनहरा न. पा. स्थित गोठाटार, नागार्जुन न. पा. स्थित राधाकृष्ण मन्दिर तथा चन्द्रागिरी न. पा. स्थित दहचोक एक्सटेन्सन काउन्टरको पनि औपचारिक उद्घाटन गरेको छ । बैंकको गोठाटार एक्सटेन्सन काउन्टरको उद्घाटन कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा तथा बैंकका संचालक श्यामराज थपलियाले संयुक्त रुपमा गर्नुभयो भने राधाकृष्ण मन्दिर एक्सटेन्सन काउन्टरको उद्घाटन नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत तथा बैंक व्यवस्थापनबाट प्रबन्धक कमल कंडेलले संयुक्त रुपमा गर्नुभयो ।

त्यसै गरी दहचोक एक्सटेन्सन काउन्टरको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, उद्योग वाणिज्य संघ चन्द्रागिरीका अध्यक्ष राजेन्द्र बानियाँ तथा बैंकका संचालक दिपक महतज्यू संयुक्त रुपमा गर्नुभएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वर शर्मा ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij