२०८३ साउन ९ शनिबार

बीरगञ्ज आगलागीबाट दुई अग्नी नियन्त्रकको मृत्यु, दुई चिन्तजनक, भिषण आगलागी अनियन्त्रित, सुरक्षाकर्मीद्वारा दुई गाउँ खाली

ई आर्थिक    बुधबार, पौस ५ २०७४
3.8K
Shares
बीरगञ्ज आगलागीबाट दुई अग्नी नियन्त्रकको मृत्यु, दुई चिन्तजनक, भिषण आगलागी अनियन्त्रित, सुरक्षाकर्मीद्वारा दुई गाउँ खाली

काठमाडौं– सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागीमा परी दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ । आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परी मृत्यु भएको हो । दुई जना अग्नी नियन्त्रकको अवस्था चिन्ताजनक रहेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको थियो । सुपर ग्यास उयद्योगमा ग्यास बोटलिङ गर्ने ट्यांकबाट ग्यास चुहावट भएर आगलागी भएको थियो । उद्योगमा लागेको आगो अनियन्त्रित भएपछि नजिकका आधा दर्जन गाउँलाई सुरक्षाकर्मीले खाली गराएका छन् । यतिवेला आगो नियन्त्रण गर्न तैनाथ सुरक्षाकर्मी र थप दमकल आगलगी भएको ठाउँसम्म पुग्न सकिरहेका छैनन् । नेपाल र भारतको संयुक्त टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

ग्यास लिक भएको खबर बिहान साढे ५ बजे महानगरपालिका कार्यालयको बारुणयन्त्र शाखालाई गएको रहेछ । आगो लागेको भन्ने कुरा त्यहाँ भनिएको थिएन् । ग्यास लिक भएपछि उद्योग नजिक पुगेपछि बारुणयन्त्रको धुँवा फ्याँकने साइलेन्सरको झिल्कोले ग्यासलाई भेंटाएपछि बिस्फोट सहितको भिषण आगलगी भएको प्रारम्भीक अनुमान छ ।

यो आगलागीमा परि मृत्यु हुनेमा बारुणयन्त्रका कर्मचारीद्वय यादव अधिकारी र मधुसुदन मिश्र रहेको दमकलका कर्मचारी अम्बर दाहालले जानकारी दिए । ‘मृत्यु हुनेमा सर्लाहीका अधिकारी र तनहुँ डुम्रेका मिश्रको मृत्यु भएको कुरा आएको छ म पनि घटनास्थलतर्फ गइरहेको छु’ कर्मचारी दाहालले भने– ‘घाइतेहरुलाई भने बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको लागि काठमाडौं लगिएको छ ।’

चिन्ताजनक अवस्थामा उपचारका लागि लगिएका कर्मचारीमा संजिव नेपाल र अरुण महतो भएको कर्मचारी दाहालले जानकारी दिए ।
मृतकको नजिक गएर सनाखत गर्न नसकेको प्रहरीले जानकारी दिएको छ । यतिवेला भारतबाट समेत प्राविधिकहरुको टोली आएको बुझिएको छ । एक किलोमिटरको एरियामा अहिले घेराबन्दी गरी कसैलाई जान दिइएको छैन् । लिकेज भएको ट्यांकको ग्यास सिद्धिएपछि आगो आफै सकिएर जाने प्राविधिकहरुले बताएका छन् ।

घट्नाक्रम हेर्दा, ग्यास लिक भएको खबर बिहान साढे ५ बजे महानगरपालिका कार्यालयको बारुणयन्त्र शाखालाई गएको रहेछ । आगो लागेको भन्ने कुरा त्यहाँ भनिएको थिएन् । ग्यास लिक भएपछि उद्योग नजिक पुगेपछि बारुणयन्त्रको धुँवा फ्याँकने साइलेन्सरको झिल्कोले ग्यासलाई भेंटाएपछि बिस्फोट सहितको भिषण आगलगी भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

ग्याँस उद्योगमा अझै आगो बलिरहेको छ । धुवाको मुस्लो निस्किरहेको छ । ग्यास उद्योगभन्दा करिब एक किलोमिटरको दुरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र हजारौं स्थानीयहरु बसेका छन् । आसपासका गाउँहरु खाली गराइएपछि मानिसहरु घरबार छोडेर निस्केका छन् ।

मानिसहरु घरै छोडेर हिडेपछि कसैको घरमा पनि खाना पाकेन, बालबालिका र बृद्धबृद्धा भोकएको स्थानीयहरुले बताएका छन ।
मनियारी, जगरनाथपुर, पटेल नगर, इटियाही, भवानीपुर, बहुअरी, पर्सौनी लगायतका गाउँका मानिसहरुलाई प्रहरीले घर छोडी टाढा बस्न सचेतका साथै चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij