१५ कात्तिक, काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको छ ।
गोली कसलाई हानिएको थियो भन्ने हालसम्म खुलेको छैन । घटना भएको हेरिटेज प्लाजामा नेपाल लाइफ इन्स्योरेन्स लगायत १ दर्जनको हाराहारीमा व्यवसायीक संस्थाहरु रहेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी रविन्द्र धानुकका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर अहिले प्रहरीले अनुसन्धानका साथै बयान लिइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं लगायत देशभर गोलि श्रृंखला बढेको छ । देशभरमा एक महिनाको हाराहारीमा आधा दर्जन बढी गोली चलिसकेको छ ।