यसैगरी, सञ्जितका साला राजविराज-१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौं तहमा कार्यरत थिए भने अञ्जित शिक्षण पेसामा आबद्ध थिए । यसैगरी, बोदे बर्साइन नगरपालिका-३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ । काठमाडौंमा अध्ययनरत उनीहरू सप्तरीको विसनपुर चोकबाट बस चढेका थिए । चतुरनारायण काभ्रेमा शिक्षण पेसामा छन् ।
यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका-४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् । सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज-१३ का ऋषि आनन्द देव, बोदे बर्साइन-२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन-३ की मानवी यादव, बोदे बर्साइन-२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज-१४ का आदित्य झा, बसका सहचालक राजविराज-१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो-३ का रामानन्द यादव, महदेवा-९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
संयुक्त रात्रिबस बुकिङ काउन्टर राजविराजका दिनेश गुप्ताका अनुसार राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्रु बसमा सवार थिए । ३१ सिट क्षमता भएको बसमा ५० जनाभन्दा बढी यात्रु रहेको घाइतेले बताएका छन् । बुकिङ काउन्टरबाट ३२ जनाको टिकट काटिए पनि बीच बाटोबाट दुई दर्जनभन्दा बढी यात्रु चढाएको र तीव्र गतिका कारण दुर्घटना भएको घाइते राजविराजका सुरेन्द्र यादवले बताए । अन्नपूर्ण पोष्टबाट