२०८३ साउन ९ शनिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बस दुर्घटना, २२ जना यात्रु घाइते

ई आर्थिक    बुधबार, कार्तिक ८ २०७४
3.3K
Shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बस दुर्घटना, २२ जना यात्रु घाइते
कञ्चनपुर, ८ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आज बस दुर्घटना भएको छ । डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस दुर्घटना भएको हो । सो बस दुर्घटना हुँदा बसमा यात्रा गर्ने २२ जना यात्रु घाइते भएका छन् ।घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij