काठमाडौँ, कात्तिक ५ गते । केही समय यता गोली चल्ने श्रृंखला बढेको छ । केही समयको फरक पर्दै फेरि राजधानीमा गोली चलेको हो । काठमाडौंको म्हैपीमा चलेको गोलिबाट एक जना घाइते भएका छन् ।
आइतवार (आज) बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिएका छन् । गोली चलाएको आशंकामा एक महिलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबीच अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
केही समययता मुलुकमा गोली श्रृंखला बढिरहेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको केही समय पछि राजधानीमा फेरि गोली चलको हो । अध्यक्ष शरद गौचन माथि गोलि हानिएको भोलीपल्ट सप्तरीमा रहेको त्रियुगा डिष्टिलरीका सुरक्षा गार्ड माथि गोली चलाईएको थियो । सप्तरीको सुरुगा नगरपालिकास्थित सो डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको हो । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन्।