योगेश ढकाल, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २५ लाख र प्रदेश सभाका उम्मेदवारले बढीमा १५ लाखसम्म खर्च गर्न पाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारले बढीमा दुई लाख र प्रदेश सभाका उम्मेदवारले एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । प्रतिनिधिसभाका उम्मेदवारले सबैभन्दा बढी आठ लाख रुपैयाँ गोष्ठी र अन्तक्र्रियामा खर्च गर्न पाउनेछन् । यो प्रयोजनमा प्रदेश सभाका उम्मेदवारले चार लाख ८० हजार खर्च गर्न पाउनेछन् । त्यस्तै, मतदाता नामावली खरिदमा प्रतिनिधिसभाका उम्मेदवारले तीन हजार र प्रदेश सभाका उम्मेदवारले १८ सय मात्रै खर्च गर्न पाउनेछन् ।
यस्तो छ दलहरूको प्रतिबद्धता
…०७४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन हामी कटिबद्ध छौँ । निर्वाचन आयोगले दलको सक्रिय सहभागितामा जारी गरेको निर्वाचन आचारसंहिता, २०७२ तथा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन आचारसंहिता, ०७४ मा उल्लेख भएका आचारसंहिताका बुँदाहरूको अक्षरशः पालना गर्न हामी प्रतिबद्ध छौँ ।
यस्तो छ समानुपातिक निर्वाचनको कार्यक्रम
कार्यक्रम मिति
उम्मेदवारको बन्दसूची पेस २९ असोज
बन्दसूची सच्याउन दललाई सूचना ३० असोज–५ कात्तिक
बन्दसूची संशोधन गरी पेस गर्ने ६–१२ कात्तिक
उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिने १३ कात्तिक
सम्बन्धित दललाई उम्मेदवारको नाम फिर्ता लिएको जानकारी दिने । सो स्थानमा अर्को नाम पेस गर्ने १४ –१५ कात्तिक
बन्दसूची सार्वजनिक १७ कात्तिक
उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने १८–२४ कात्तिक
दाबी विरोधको निवेदनउपर जाँचबुझ र निर्णय गर्ने २५ कात्तिक – १ मंसिर
बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने २ मंसिर
उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने ३ मंसिर
मतदान १० र २१ मंसिर
दलहरूले बन्दसूचीमा प्रतिनिधित्व गराउनुपर्ने जातीय, क्षेत्रीय र लैंगिक प्रतिशत
प्रदेश १
आदिवासी जनजाति ४६.७९
खस आर्य २७.८४
अल्पसंख्यक समुदाय १७.५७
थारू ४.१५
दलित १०.०६
मधेसी ७.५७
मुस्लिम ३.५९
पिछडिएको क्षेत्र ०.४४
प्रदेश २
आदिवासी जनजाति ६.६१
खस आर्य ४.८९
थारू ५.२७
दलित १७.२९
मधेसी ५४.३६
अल्पसंख्यक समुदाय २५.१७
पिछडिएको क्षेत्र २.११
मुस्लिम ११.५८
प्रदेश ३
आदिवासी जनजाति ५३.१७
खस आर्य ३७.०९
थारू १.६६
मधेसी १.५७
मुस्लिम ०.६७
अल्पसंख्यक समुदाय ७.७७
दलित ५.८४
पिछडिएको क्षेत्र १.००
प्रदेश ४
आदिवासी जनजाति ४२.३७
खस आर्य ३७.२४
अल्पसंख्यक समुदाय ६.०२
थारु १.७२
दलित १७.४४
मधेसी ०.५२
मुस्लिम ०.७१
पिछडिएको क्षेत्र ०.०८
प्रदेश ५
आदिवासी जनजाति १९.५८
खस आर्य २८.८४
थारु १५.१८
दलित १५.११
मधेसी १४.३५
मुस्लिम ६.९४
अल्पसंख्यक समुदाय ८.४७
पिछडिएको क्षेत्र १.१७
प्रदेश ६
आदिवासी जनजाति १३.६३
खस आर्य ६२.२
थारु ०.५
दलित २३.२५
मधेसी ०.२४
मुस्लिम ०.१८
अल्पसंख्यक समुदाय १.४७
पिछडिएको क्षेत्र ३२.४
प्रदेश ७
आदिवासी जनजाति ३.६१
खसआर्य ६०.०२
थारु १७.२१
दलित १७.२९
मधेसी १.६४
मुस्लिम ०.२६
अल्पसंख्यक समुदाय २.३७
पिछडिएको क्षेत्र १२.७८
नयाँ पत्रिकाबाट