४ असोज, काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको बुधबार (अज)देखि २४.२२ प्रतिशत हकप्रद शेयर बिक्री खुला भएको छ ।
कम्पनीले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । यसमा भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र कात्तिक ७ गते सम्म आवेदन दिन सक्ने छन् । हकप्रदको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।
लगानीकर्ताले सिभिल क्यापिटल मार्केट सीटीसी मल सुन्धारा तथा सिभिल बैंकका विराटनगर, वीरगंज, नारायणगढ, पोखरा, बुटवल र नेपालगंज शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै किसान माइक्रोफाइनान्सको कन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।
हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि यसको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।