२०८३ साउन ९ शनिबार

झारफुक गर्न आएका रोगीलाई अस्पताल पठाइदिन आग्रह

ई आर्थिक    शनिबार, भाद्र ३१ २०७४
3.3K
Shares
झारफुक गर्न आएका रोगीलाई अस्पताल पठाइदिन आग्रह

३१ भदौ, सुरुङ्गा(झापा) । धामीझाँक्रीको भरमा परेर अझैपनि गाउँदेखि सहरसम्मका अधिकांश मानिसले मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाउने गरेका छन् ।

चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन् ।

मोतिविन्दु भएर आँखा पाकिसकेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि मेची आँखा अस्पताल विर्तामोडले जिल्लाभरिका धाँमीझाक्रीलाई आँखा स्वास्थ्य सम्बन्धी तालीम प्रदान गरेको छ । तालीममा सय वर्षीय वृद्धसहित ५१ जना धाँमीझाक्री सहभागी भएको मेची आँखा अस्पताल बिर्तामोडका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिनुभयो ।

तालीममा उनीहरुलाई अन्धोपन निवारणका लागि गर्न सकिने उपायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालीमको सहजीकरण युवराज बोहोराले गर्नुभएको थियो । तालीममा आँखाको बनावट, कार्य, लाग्ने सामान्य रोग, आपतकालीन अवस्था तथा ‘रिफरल नेटवर्क’को बारेमा जानकारी दिइएको थियो ।

अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर डा प्रभा सुवेदी बस्नेत, प्रशासकीय अधिकृत सुरज रौनियार, नेत्र अधिकृत मेमलाल राजवंशीलगायतले परम्परागत झारफूक पद्धति र जडीबुटीको सेवनले आँखाका कुनै पनि रोग निको नहुने भन्दै धामीझाँक्री कहाँ कोही आँखाका रोगी आए सबै आँखाका बिरामीलाई अस्पताल पठाइदिन आग्रह गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij