२०८३ साउन ९ शनिबार

इलाम बजार अनुगमनः भेटियो मिठाई पसलदेखि माछा पसलसम्म हानिकारक बस्तु मिसावट, सबैभन्दा बढी म्याद गुज्रिएका कोकाकोला

ई आर्थिक    बिहिबार, भाद्र २९ २०७४
6.5K
Shares
इलाम बजार अनुगमनः भेटियो मिठाई पसलदेखि माछा पसलसम्म हानिकारक बस्तु मिसावट, सबैभन्दा बढी म्याद गुज्रिएका कोकाकोला

२८ भदौ,  मंगलबारे (इलाम) । चाडपर्व नजिकिएसँगै बुधबार इलाममा बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय इलाम, कृषि विकास कार्यालय इलामको टोलीले जिल्ला सदरमुकाम अनुगमन गरेको हो ।

अनुगमन टोलीले इलाम बजारका मिठाइ पसल, फलफूल तथा तरकारी, होटल, किराना र माछा पसल गरी जम्मा १७ वटा पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलमा उपभोक्ताको स्वास्थ्यमा अत्यन्तै हानी गर्ने म्याद गुज्रिएका सामानदेखि मूल्यसूची नराखिएका पलसहरू भेटिए ।

चाडपर्व नजिकिएसँगैबवजारमा बढी किनमेल हुने र यसै समयमा व्यवसायीले कालोवजारी साथै मिसावट गर्ने भएकाले अनुगमन गरिएको अनुगमन टोलीमा रहेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका संयोजक शेबहादुर देवानले बताउनुभयो । अनुगमनका क्रममा सबैभन्दा बढी पेय पदार्थ म्याद गुज्रिएको पाइएको छ ।

सत्रवटा पसलमध्ये छवटा पसल दर्ता नगरी चलेका र पान नम्बर नलिइ चलेको पाइएको थियो । ती पसल सञ्चालकलाई १५ दिनभित्र करदाता सेवा कार्यालयमा बोलाइएको छ ।

सबैभन्दा बढी कोकाकोला म्याद गुज्रिएको भेटेपछि व्यापारीहरूले तीन दिनअघिमात्र कोकाकोला आफ्नो पसलमा झरेको बताएका थिए । कम्पनीले तीन दिनअघि मात्र पसलमा झारेको सामानमा यस्तो त्रुटि पाइएको व्यापारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij