२०८३ साउन ९ शनिबार

दशैंकालागी आजबाट १५ अर्बको नयाँ नोट बजारमा, उपत्यकामा मात्रै यी १७ स्थानबाट वितरण हुँदै

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
4.5K
Shares
दशैंकालागी आजबाट १५ अर्बको नयाँ नोट बजारमा, उपत्यकामा मात्रै यी १७ स्थानबाट वितरण हुँदै

२८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैंकालागी पाँच, दश, बिस, पचास र सय रुपैयाँको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने भएको छ ।

बैंकले बुधबारदेखि मुद्रा व्यवस्थापन विभाग थापाथलीका साथै तीन बाणिज्य बैंकको १६ शाखा कार्यालय मार्फत सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताएको छ ।

गत वर्ष १० अर्ब ३१ करोडका नयाँ नोट वितरण गरिएकोमा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्मप्रसाद उप्रेतीले यस बर्ष सोमबारसम्म ५ अर्ब ८४ करोड ५५ लाखका रूपैयाँकाे नयाँ नोट विभिन्न बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयलाई केन्द्रीय बैंकले वितरण गरिसकेको बताए ।

अघिल्लो बर्षमा थापाथलीबाट मात्र नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस बर्ष कृषि विकास बैंकको पाँच शाखा, नेपाल बैंकको पाँच शाखा र राष्ट्रिय वाणिज्य बैंकको ६ शाखा कार्यालयबाट प्रतिव्यक्ति २० हजार रुपैयाँको नयाँ नोट वितरण गर्न लागेको हो ।

गतवर्ष ७ दिनसम्म नयाँ नोट सटही सुविधा दिएको केन्द्रीय बैङ्कले यस वर्ष भने ३ दिन थप गरेर १० दिन वितरण गर्ने बताएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीबाट टोकनमार्फत दैनिक २ हजार जनालाई नयाँ नोट वितरण गरिनेछ । यस वर्ष १५ अर्बभन्दा बढीका नयाँ नोट वितरण हुने राष्ट्र बैंकको अनुमान छ ।

राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टर पुगेर नयाँ नोट सहटी गर्नेले भने अन्य १६ स्थानको भन्दा थप ७ हजार गरि २७ हजार रुपैयाँको खुद्रा नयाँ नोट सहटी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यकामा राष्ट्र बैंकको थापाथली कार्यालयका साथै सर्वसाधारणलाई पायक पर्ने गरी अन्य १६ स्थान तथा भक्तपुरमा गुडविल फाइनान्सले समेत नयाँ नोट वितरण गर्नेछ । त्यसका साथै अन्य बैंक तथा वित्तीय संस्थाले पनि अघिल्ला बर्षहरुमा जस्तै आफ्ना ग्राहकलाई नयाँ नोटको सुविधा दिनेछन् ।

यस्तै, राष्ट्र बैंकको आफ्नो पाँच क्षेत्रीय कार्यालय र राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा राष्ट्र बैंकको ७७ ओटा नोट कोषबाट उपत्यका बाहिर रहेका स्थानीय स्तरको बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट वितरण गर्ने बताइएको छ ।बैंकबाट प्रतिव्यक्ति अधिकतम रू.२० हजारसम्म नयाँ नोट सटही गर्न पाउनेछन् भने राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टरबाट भने उक्त दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम रू.२७ हजारसम्म सटही गर्न पाउने व्यवस्था छ ।

संबैधानिक नियाक, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरी, लगायतका संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा भने भदौ ३० गतेसम्म सटही गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij