२७ भदौ, काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबार (आज)देखि बिक्री खुला भएको छ ।
बैंकले प्रतिकित्ता एक सय रुपैँयाँका दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको हो । साथै बैंकले एफपिओमा प्रिमियम कायम गर्ने प्रावधान पुरा गर्न नसकेकोले आइपिओको मूल्यमा एफपिओ जारी गर्न लागेको हो ।
एफपिओमा न्यूनतम ५० कित्तादेखि ४८७० कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था छ । यो एफपीओमा भदौ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् । बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । साथै नेपाल ग्रामीण विकास बैंकको केन्द्रिय कार्यालय बुटवलबाट आवेनद दिन सकिनेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन सकिनेछ ।
हाल ग्रामीण विकास बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ छ । एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १६ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।