२६ भदौ, काठमाडौं । वोमी माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर वापतको १.१०८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको ९४ औं सञ्चालक समितिको बैठकले एक करोड २९ लाख ६० हजार रुपैयाँको बोनस तथा ७ लाख १८ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । २० प्रतिशत बोनस वितरणपछि माइक्रोफाइनान्सको पूँजी ७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीहरुको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।