२०८३ साउन ९ शनिबार

भूकम्पपीडितका लागि घरमै बैंक खाता

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
2.5K
Shares
भूकम्पपीडितका लागि घरमै बैंक खाता

२५ भदौ, पर्वत। भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको छ ।

कुश्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको सक्रियतामा वडा कार्यालयमा शनिबार बैंक खाता खोलिएको छ । ५० जना सर्वसाधारणको बैंक खाता खोलिएको कुश्मा नगरपालिका–१४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिए ।

भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्वसाधारणले गाउँमै बैंक खाता खोलिएपछि निकै खुशी भएका छन् ।

भूकम्पपीडितले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन् । आर्थर डाँडाखर्कमा ६२ परिवारका घरगोठ पूर्णरुपमा क्षति भएका छन् । यसबाहेक पूर्णरुपमा घरगोठ क्षति भएर पनि पूर्णक्षतिमा नपरेका परिवारले वडा कार्यालयमार्फत गुनासो भरेका छन् । विवरण नमिलेका र सच्याउनुपर्ने परिवारलाई कुश्मा नै खाता खोल्ने व्यवस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिए ।

बैंकले भूकम्पपीडितको अहिलेसम्म ४०० भन्दा बढी खाता खोलिसकेको कुश्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij