२४ भदौ, काठमाडौं । नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंककको अभिलेखले देखाउँछ ।
साताको दुईपटक कार्गो
आर्थिक वर्ष ०७३/७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको छ । ‘नेपाली बजारमा खपत नहुने विदेशी नोटलाई साताको दुईपटक कार्गो गरेर सिंगापुर पठाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले बताए ।
राष्ट्र बैंकको २२खाता
उनले भने, ‘एक पटका बढीमा ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा विदेशी बैंकमा निक्षेप गर्न पठाउँदै आएका छौं ।’ बैंकले विदेशमा सञ्चित गर्ने गरेको मुद्रा जुनसुकै मुलुकको भए पनि अमेरिकी डलरमा मूल्यांकन भएर सिंगापुरका दुई बैंकमा जम्मा गरिन्छ । नेपालबाट पठाइएको नोट प्रायःजसो सिंगापुरको सीआईएमबी बैंक र यूओबी बैंकमा जम्मा गर्ने गरिएको छ । राष्ट्र बैंकले विभिन्न मुलुकमा २२ बैंक खाता सञ्चालनमा राखेको छ ।
नेपालमा २१ देशको मुद्रा
अहिलेसम्म नेपालमा २१ देशको मुद्रा भित्रिँदै आएको छ । डलर, युरो, पाउन्डजस्ता अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका नोट नेपालमै रहे पनि अरू देशका नोट भने राष्ट्र बैंकले सीआईएमबी र यूओबी पठाउँदै आएको छ । ठेक्का लिएका थिए ।
आजको अन्नपूर्ण पोस्ट दैनिकबाट