२१ भदौ, काठमाडौँ । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा पुनः सुचारु गरेको छ ।
ग्राहकहरुले अत्याधिक रुचाएको र ग्राहककै मागअनुसार बैंकले शेयर धितो कर्जा पुन : शुरु गरेको जनाएको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले उक्त योजना ल्याएको जनाएको छ ।
बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुने बताएको छ । यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाखदेखि अधिकतम रु १० करोड सम्म आफूसँग रहेको शेयर धितो राखेर कर्जा उपभोग गर्न सक्नेछन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी कर्जा उपलब्ध गराईनेछ ।