२०८३ साउन ९ शनिबार

इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने : २५ प्रतिशत बोनस, १५ प्रतिशत नगद

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
4.4K
Shares
इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने : २५ प्रतिशत बोनस, १५ प्रतिशत नगद

२१ भदौ, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस बितरण गर्ने घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्न भने बाँकी छ ।अघिल्लो वर्ष पनि बैंकले २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांश दिएको थियो ।

गत वर्षको चौथो त्रैमाससम्ममा इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड ३ लाख ७९ हजार रुपैयाँ छ । यसको रिजर्भ कोष ११ अर्ब ७८ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकले ३ अर्ब १६ करोड ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij