२०८३ साउन ९ शनिबार

दशैंका लागि नयाँ नोट भदौ २८ गतेदेखि, कहाँ-कहाँबाट साट्न सकिन्छ नयाँ नोट?

ई आर्थिक    मंगलबार, भाद्र २० २०७४
3.5K
Shares
दशैंका लागि नयाँ नोट भदौ २८ गतेदेखि, कहाँ-कहाँबाट साट्न सकिन्छ नयाँ नोट?

२० भदौ, काठमाडौं । सर्वसाधारणले दशैंका यस बर्षको दशैका लागि नयाँ नोट भदौ २८ गतेदेखि साट्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको जनाएको छ ।

यसअघि केन्द्रिय बैंकले काठमाडौं स्थित बैंकिङ कार्यालय र क्षेत्रिय कार्यालयबाट वितरण गदै आएपनि यस बर्षदेखि तीन सरकारी बैंकहरुबाट वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

दशैंका लागि एक व्यक्तिले २० हजार रुपैयाँसम्मका पाँच, दश, बिस, पचास र सय रुपैयाँको नोट साट्न सक्नेछन् । राष्ट्र बैंकको सटही काउन्टर पुग्नेहरुले भने थप सात हजार रुपैयाँ बराबरको नयाँ नोट साट्न सक्नेछन् । नयाँ नोट लिन जानेले प्रत्येक दरको १०० को बण्डलमात्र साटफेर गर्न सक्नेछन् ।

संबैधानिक नियाक, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरी, लगायतका संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा भने भदौ २१ गतेदेखि ३० गतेसम्म सटही गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कहाँकहाँबाट साट्न सकिन्छ नयाँ नोट:

notice

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij