२०८३ साउन ९ शनिबार

सेन्चुरीको हकप्रद भर्ने समय १५ दिन थपियो, अब असोज २ गतेसम्म भर्न पाइने

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
4.8K
Shares
सेन्चुरीको हकप्रद भर्ने समय १५ दिन थपियो, अब असोज २ गतेसम्म भर्न पाइने

१८ भदौ, काठमाडौं । सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद शेयर भर्ने म्याद १५ दिन थप गरेको छ ।

अब यो हकप्रद असोज २ गतेसम्म भर्न पाइनेछ । यसअघि बैंकले भदौ १८ गतेसम्म मात्र हकप्रद भर्ने म्याद तोकेको थियो । लगानीकर्ताको आग्रहमा म्याद थप गरिएको वताएको छ ।

तराईमा आएको बाढीका कारण मुलुकभरको जनजीवन अस्तव्यस्त भएकाले केही शेयरधनीहरुले समय थप्न माग गरेपछि म्याद थपेको बिक्री प्रबन्धक सिभिल क्यपिटल लिमिटेडले जनाएको छ ।

बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । यसमा असार २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सीटीसी मल सुन्धारास्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सेन्चुरीको चुक्ता पुँजी ५ अर्ब ४६ करोड ६ लाख रुपैयाँ छ । ४० प्रतिशत हकप्रद बिक्री गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार ६९८ रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा ४४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

century notice

 

https://eaarthik.com/2017/07/%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9A%E0%A5%81%E0%A4%B0%E0%A5%80-%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A4%95%E0%A5%8B-%E0%A5%AA%E0%A5%A6-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF-3/

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij