२०८३ साउन ९ शनिबार

जताततै मन्त्रीहरुको भेडीगोठ : प्रहरीलाई दौडधुप र स्कर्टिङको हैरानी

ई आर्थिक    बुधबार, भाद्र १४ २०७४
2.7K
Shares
जताततै मन्त्रीहरुको भेडीगोठ : प्रहरीलाई दौडधुप र स्कर्टिङको हैरानी

१४ भदौ, काठमाडौं । यहाँ मन्त्रीज्यू हुनुहुन्छ ?  प्रहरीका एक जना असई हतार हतार एक होटलमा सोधीखोजी गर्दै थिए ।  होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउनटरमा गएर जवाफ लिए ।

नेपालगन्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कर्टिङका लागि दौडादौड हुने गरेको छ ।

मध्य तथा सुदूरपश्चिमको केन्दैविन्दु भउकाले नेपालगन्जमा दैनिक दुईभन्दा बढी भीआइपी आएको पाइन्छ ।

गत आइतबार एकै दिन तीन जना मन्त्रीको नेपालगन्जमा आगमन हुँदा प्रहरीलाई दौडधुप नै भएको थियो ।

त्यसअघि पूर्पप्रधानमन्त्री पुष्पकमल दाहाल र सोमबार युवा तथा खेलकुदमन्त्रीको जिल्ला भ्रमण रहेको थियो ।

आ-आफ्नो दल र मन्त्रालय मातहतका कार्यालयहरुको कार्यक्रममा आएका मन्त्रीलाई प्रहरीले आफैं खोजेर सुरक्षा दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij