२०८३ साउन ९ शनिबार

वायु सेवा निगममा यस्तो गाईजात्रा : ‘हेर्न र लिन’ भन्दै लाखौं खर्च गरी २० कर्मचारी पुगे सिंगापुर

ई आर्थिक    आइतबार, भाद्र ११ २०७४
1.7K
Shares
वायु सेवा निगममा यस्तो गाईजात्रा : ‘हेर्न र लिन’ भन्दै लाखौं खर्च गरी २० कर्मचारी पुगे सिंगापुर

११ भदौ, काठमाडौं । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ ।

‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

निगम उच्च स्रोतका अनुसार, इन्जिनियरिङ, क्वालिटी इस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन् ।

‘महाप्रवन्धक कंसाकारले बिदा स्वीकृत गरेपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो र यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो, ‘जो सिंगापुरमा जहाज लिन र हेर्न भनेर गएका हुन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जान पाउँदैनन्, लिएर आउनु त परको कुरा ।’ आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij