२०८३ साउन ९ शनिबार

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी, कुन उम्मेदवारले कति मत पाए ? (सूचीसहित)

ई आर्थिक    मंगलबार, भाद्र ६ २०७४
4K
Shares
नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी, कुन उम्मेदवारले कति मत पाए ? (सूचीसहित)

६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ ।

प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

काठमाडौंमा भएको २५ औं महाधिवेशनमा अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारी गठबन्धनका उम्मेदवार तीर्थ कोइरालालाई ३५ मतले पराजित गरी अध्यक्षमा प्यानलसहित विजयी भएका हुन् । आचार्यले ७३२ मत प्राप्त गरे भने काइरालाले ६९७ मत प्राप्त गरे।

खुल्ला उपाध्यक्षमा विपुल पोखरेल, समावेसी उपाध्यक्षमा दिलिप थापामगर र महासचिवमा रमेश विष्ट विजयी भएका छन् । खुल्ला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जिएम, मधेसी सचिवमा शितलपैसाद महतो र कोषाध्यक्षमा राजेश विष्ट विजयी भएका छन् । केही बाहेक सबै पदमा आचार्य प्यानलका उम्मेदवार विजयी भएका छन्।

सोमबार भएको मतदानमा एक हजार ५०८ मतदातामध्ये कूल एक हजार ४४९ मत खसेको थियो | मतगणनाको आज विहान अतिम नतिजा आएको हो ।

प्रदेशमा विजयी उम्मेवार

प्रदेश १: चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।

प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।

प्रदेश ३ चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी

प्रदेश ४ चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी

प्रदेश न ५ सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी

प्रदेश न ६ युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी

प्रदेश ७: युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।

उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।

प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।

एशोसिएटम : युनियनका राधेश्याम दाहाल पवन अचार्य

कुन उम्मेदवारले कति मत पाए ?

FNJ1

FNJ2

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij