५ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबार एकैसाथ ७ वटा ब्रोकर कम्पनीको कारोबार रोक्का गरेको छ ।
धितोपत्र बोर्डका अनुसार नियमन शुल्क नबुझाएपछि ती ब्रोकर कम्पनीहरुको कारोबार रोक्का गरिएको हो ।
रोक्का भएका ब्रोकर कम्पनीहरु ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज, बोक्र नं ५५ भृकुटि स्टक ब्रोकिगं कम्पनी रहेका छन् ।
त्यस्तै ब्रोकर नं ४० क्रेटिभ सेक्युरिटिज, ब्रोकर नं ४४ डायनामिक मनि म्यानेजर्ज सेक्युरिटिज, ब्रोकर नं २० श्री कृष्ण सेक्युरिटिज र ब्रोकर नं ४३ साउथ एशियन बुल्स रहेका छन् ।
धितोपत्र बोर्डको निर्देशन पालना नगरेको भन्दै यी ब्रोकर कम्पनीलाई अर्को सूचना जारी नभएसम्मका लागि कारबाही स्वरुप निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
