१ भदौं, काठमाडौं । नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका बिहीबार १९० जना डिएसपीको सरुवा गरेको छ ।
प्रधान कार्यालयले भाद्र महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पुन पाउने गरी ती डिएसपीहरुको सरुवा गरिएको जनाएको छ । डिएसपी सरुवाको सुची हिजो राती तयार भएको हो ।
त्यसैगरी साउन १९ गते इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९३ जनाको पनि पदस्थापन भएको छ।
सरुवाको सूची हेर्न यहाँ क्लिक गर्नुस्: को कहाँ पुगे?
पदस्थापनको सूची हेर्न यहाँ क्लिक गर्नुस्: ९३ जनाको पदस्थापन