२०८३ साउन ९ शनिबार

बाढीले गाउँको चारैतिर पानी भरिएपछी आँगनमै दाहसंस्कार

ई आर्थिक    मंगलबार, साउन ३१ २०७४
3.4K
Shares
बाढीले गाउँको चारैतिर पानी भरिएपछी आँगनमै दाहसंस्कार

३१ साउन, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ ।

जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् ।

गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए ।

बाढीका कारण घरबाट समेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए ।

बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij