२९ साउन, काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको साउन ३० गते भोली मतदान हुँदैछ । मतदानबाट को विजयी बन्ला भन्ने यतिबेला धेरैको चासो बनिरहेको छ ।
भोली हुने मतदानकोलागी दुबै प्यानलले छलफललाई तीब्रता दिएका छन् भने दुबै प्यानलले आ–आफ्नो जितको दाबी गरेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई जना, वरिष्ठ उपाध्यक्षमा तीन जना, प्रथम उपाध्यक्षमा दुई जना, द्वितीय उपाध्यक्षमा दुई जना, महासचिवमा दुई जना, सचिवमा दुई जना, कोषाध्यक्षमा दुई जना र सहकोषाध्यक्षमा तीन जनाले उम्मेद्बारमा आफ्नो नाम दर्ता गराएका छन् ।

बालकृष्ण र रामशरणको दुई प्यानल चुनावी मैदानमा, कसको पल्ला भारी ?
बालकृष्ण थापा प्यानल:
आगामी नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष बालकृष्ण थापा र पूर्वमहासचिव रामशरण बुढाथोकी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
वर्तमान अध्यक्ष थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद गौतम, प्रथम उपाध्यक्षमा कविन्द्र महर्जन, द्वितीय उपाध्यक्षमा बाशु खड्का, महासचिवमा शान्तकुमार श्रेष्ठ (सन्तु), सचिवमा पञ्चबहादुर तामाङ (विजय), कोषाध्यक्षमा लक्ष्मण थपलिया (दुर्लभ) र सहकोषाध्यक्षमा रमेश महर्जन प्रत्यासी रहेका छन् ।
वर्तमान कार्यसमितिमा महासचिव नै रहेका शान्तकुमार श्रेष्ठ यतिबेला पनि महासचिवकै उम्मेदवार रहेका छन् । श्रेष्ठका टिममा वर्तमान कार्यसमितिकै मुहारहरुको मात्रा देखिन्छ ।
थापाको घोषणा सभामा महासंघका वर्तमान कार्यसमितिका कोषाध्यक्ष रोशन दाहाल, सदस्य हिरण कुमार श्रेष्ठ, पेम्बा लामा, बासुदेव उप्रेती लगायत उपस्थित थिए । साथै चुनावी छलफलमा उपस्थित सदस्यहरुबिच थापा प्यानलले जित्ने सम्भावनाको चर्चा उल्लेख्नीय मात्रा गुन्जिएको थियो ।

यस्तो छ थापा प्यानलका कार्य योजना
-उपभोक्ता समितिबाट गरिने एक करोड सम्मको कार्य निरुत्साहित गरी साना व्यवसायीलाई दिनकालागी पहल गर्ने
-एग्प्सिस्टमलाई लाई सम्पूर्ण सदस्यहरुको पहुचसम्म पुर्याउनको लागि तालिम लगायतका अन्य कार्यक्रमहरु ल्याउने
-साना निर्माण व्यवसायीको हक हित र एनकानुनलाई सरलिकरण गर्नको लागि सरकारी निकाय सँग समन्वय गर्ने
रामशरण बुढाथोकी प्यानल:
यसैगरी, निर्माण व्यवसायी तथा सांसद बहादुर सिंह लामा सहितको भित्री सहयोग रहेको भन्दै बुढाथोकी प्यानलले आफ्नो पल्ला भारी रहेको दाबा गर्दै आएका छन्। बुढाथोकीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सागर लुइँटेल, प्रथम उपाध्यक्षमा पुष्कल न्यौपाने, द्वितीय उपाध्यक्षमा इन्दिरा बुढाथोकी, महासचिवमा सूर्यबहादुर तामाङ, सचिवमा इश्वरराज पन्त, कोषाध्यक्षमामा तिलकबहादुर लामा र सहकोषाध्यक्षमा मनोज श्रेष्ठ प्रत्यासी रहेका छन् ।
यसका लागि उनले काठमाडौं संघमा प्रतिनिधित्व गर्ने आसपासका जिल्लाहरुमा समेत व्यापक चुनावी प्रचार प्रसार गरिरहेको बताएका छन् ।

यस्तो छ थापा प्यानलका कार्य योजना
-व्यवसायीहरुको हक हित संरक्षण सर्वद्धन गर्न कृयाशील रही संघको सचिवालयलाई व्यवस्थित र पारदर्शी बनाउने
-निर्माण व्यवसायीहरुलाई बिकसित सुचना प्रविधिसँग पारीचित गराइ बोलपत्र, ई- बैंकिङ , ई- विड, दुई खाम प्रणाली लगायत बिषयमा सिप बिकास गराउने, तत्काल १२ घण्टा सेवा दिने होत राखी हेल्प को व्यवस्था गर्ने
-सार्वजनिक खरिद सम्बन्धी एेन र नियमले गरेका निर्माण व्यवसायीका हक र हितका पक्षलाई कार्यन्वयन गराउने
अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित बनेका बुढाथोकीलाई थापा पक्षले ब्लु बर्ड सहकारीको जिम्मेवारी लिदा कुनै काम नगरेको आरोप लगाएको छ भने बुढाथोकीले वर्तमान कार्यसमितिका अध्यक्ष रहेका थापाले मनोमानी गरेको आरोप लगाएका छन् ।