२०८३ साउन ९ शनिबार

आत्तिएका बाबुराम भट्टराईले उठाए यस्तो ‘बोल्ड’ कदम

ई आर्थिक    शनिबार, साउन २८ २०७४
3.5K
Shares
आत्तिएका बाबुराम भट्टराईले उठाए यस्तो ‘बोल्ड’ कदम

२८ साउन, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पार्टीका देवेन्द्र पौडेलसहित १५ नेताको नियतमाथि प्रश्न गर्दै २४ घण्टे स्पष्टीकरण मागेका छन् ।

साउन २६ गते काठमाडौंको एक होटलमा पार्टी संघीय परिषद् सदस्य पौडेलसहित १५ नेताले पत्रकार सम्मेलन गरेर पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा भ्रामक धारणा सार्वजनिक गरेको भन्दै बाबुरामले शुक्रबार पार्टी नेतासँग स्पष्टीकरण मागेका हुन् ।

पाँच बुँदे विज्ञप्ति सार्वजनिक गर्दै बाबुराम भट्टराईले एजेन्डामा भिन्नता भए छलफल गर्न सकिने भन्दै २४ घन्टे स्पष्टीकरण मागरेका हुन् ।

‘उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घन्टाभित्र पैष्ट पार्न स्पष्टीकरपत्र समेत पठाइएको छ’, बाबुरामको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोचलाई पार्टीले सहन गर्न सक्ने छैन ।’

बाबुरामले विज्ञप्ति सार्वजनिक गरे लगत्तै नेता पौडेलले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उत्पीडित वर्गको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता जनाएका छन् । ‘यथास्थितिवादी र प्रतिगामीहरु देशमा हावी हुन नदिनका लगि सबै परिवर्तनकारी शक्तिहरु लाई एकतावद्द गर्ने हाम्रो अभियान शसक्तरुपमा अगाडि बढने छ ।श्रमजीवी,उत्पीडित वर्ग र समुदायको पक्षमा हामी निरन्तर लडीरहने छौँ’, पौडेलले लेखेका छन् ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij