२७ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मेगा बैंकको हकप्रद शेयर बितरणको प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकले साउन २६ गते बोर्डबाट स्वीकृत पाएसँगै हकप्रद आउँने निश्चित भएको हो । बैंकले १० बराबर ६ दशमलव ५(१०ः६.५) अनुपातमा रू. एक सय अङ्कित दरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
बैंकको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहेको छ ।
आर्थिक वर्ष २०७३/७४ को चौंथो त्रैमासमा बैंकले रू. ७९ करोड १४ लाख १३ हजार नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो ।
हाल बैंकको चुक्तापूँजी रू.४ अर्ब ५८ करोड २३ लाख १३ हजार रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी रू.७ अर्ब ५६ करोड ८ लाख १६ हजार पुग्नेछ ।