२०८३ साउन ९ शनिबार

सानिमा माई हाइड्रोपावरको सत प्रतिशत हकप्रद खुल्यो, कहाँ बाट दिने आवेदन ?

ई आर्थिक    शुक्रबार, साउन २७ २०७४
1.6K
Shares
सानिमा माई हाइड्रोपावरको सत प्रतिशत हकप्रद खुल्यो, कहाँ बाट दिने आवेदन ?

२७ साउन, काठमाडौं । सानिमा माई हाइड्रोपावरको सत प्रतिशत हकप्रद शेयर शुक्रबार (आज)देखि बिक्री खुला भएको छ।

सानिमाले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद भदौ २९ गतेसम्म भर्न सकिने छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगन्ज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगन्ज र पोखरा शाखाबाट पनि फारम भर्न र बुझाउन पाइनेछ ।

साथै लगानीकर्ताले हकप्रद शेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रपावरको वेबसाइटबाट डाउनलोड गरेर पनि भर्न सक्नेछन् ।

हाल सानिमा माईको चुक्ता पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमाले २६ करोड ५ लाख ८१ जार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij