२०८३ साउन ९ शनिबार

मेरो माइक्रोफाइनान्सले बोनसका साथमा नगद लाभांश दिने, कति दिंदैछ ?

ई आर्थिक    बुधबार, साउन २५ २०७४
1.6K
Shares
मेरो माइक्रोफाइनान्सले बोनसका साथमा नगद लाभांश दिने, कति दिंदैछ ?

२५ साउन, काठमाडौं । मेरो माइक्रोफाइनान्सले लगानीकर्तालाई बोनसका साथमा नगद लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ३० प्रतिशत प्रतिशत बोनससहित १२.१०५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको हो ।

यो निर्णयलाई नियामक नेपाल राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन गराउनुपर्ने हुन्छ । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष ९ करोड २८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

mero finance

यो माइक्रोफाइनान्सको चुक्ता पुँजी अहिले २२ करोड रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी अझै माथि जानेछ । यसको रिजर्भ कोषमा भने १६ करोड ९७ लाख १२ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा मेरोको रिजर्भ कोषलाई राम्रो मान्न सकिन्छ । मेरोको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ८७ पैसा छ ।

गत आर्थिक बर्षको कमाईबाट लाभांस घोषणा गर्नेमा मेरो माइक्रोफाइनान्स दोस्रो कम्पनी बनेको छ । यसअघि गत बर्षको कमाईबाट लाभांस घोषणा गर्ने पहिलो कम्पनी रिलायबल माइक्रोफाइनान्स बनेको थियो । जसले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij