२०८३ साउन ९ शनिबार

छ्याङदीको शेयर कारोबार खुल्यो, कति तोकियो मूल्य ?

ई आर्थिक    बिहिबार, साउन १९ २०७४
2.5K
Shares
छ्याङदीको शेयर कारोबार खुल्यो, कति तोकियो मूल्य ?

१९ साउन, काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर कारोबार खुला भएको छ ।

कम्पनीको पहिलो शेयर कारोबार ९८ रुपैयाँदेखि २ सय ९४ रुपैयाँसम्ममा गर्न सकिने भएको छ ।

कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म १०० रुपैयाँ दरको ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसको बाँडफाँट असार १७ गते भएको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३४ कित्तासम्म शेयर पाएका थिए ।

नेप्सेको नियम अनुसार कम्पनीले पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्म मूल्य पाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij