१७ साउन, काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७३-०७४ को चौथौ त्रैमासमा ४६.१७ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा २९ करोड ६५ लाख ३० हजार नाफा गरेको ओमले यसपालि ४३ करोड ३४ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
चुक्ता पुंजी एक अर्ब ६४ करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्ममा दुुई अर्ब १६ अर्ब छ करोड ४२ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब पाँच करोड ९७ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
घरजग्गा क्षेत्रमा एक अर्ब ९१ करोड ७८ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ८७ करोड ६६ लाख १७ हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको छ ।
प्रोभिजन रकम चार करोड २४ लाख ६९ हजार रुपैयाँ रहेको बैकमा शुन्य दसमलव ९० प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।