२०८३ साउन ९ शनिबार

खुल्यो नेपाल एसबीआई बैंकको ४ लाख ६९ हजार कित्ता शेयर लिलामीमा, साउन १६ सम्म भर्न पाइने

ई आर्थिक    सोमबार, साउन ९ २०७४
6.2K
Shares
खुल्यो नेपाल एसबीआई बैंकको ४ लाख ६९ हजार कित्ता शेयर लिलामीमा, साउन १६ सम्म भर्न पाइने

९ साउन, काठमाडौं । नेपाल एसबीआई बैंकले आज (सोमबार) देखि सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२.६० कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० ले भाग जाने गरी बैंकको हाल कायम चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी नहुने गरी आवेदन दिन सकिनेछ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति साउन १६ सम्म रहेको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत एसबीआइले यसअघि ४० प्रतिशत शेयर बिक्री खुला गरेको थियो । त्यसबेला सबै हकप्रद नबिकेपछि बैंकले बाँकी रहेको शेयर अहिले लिलामीमा ल्याएको हो ।

१० लाख रुपैयाँसम्म आवेदन दिनेले स्वेच्छिक रुपमा र १० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । चेकमार्फत आवेदन भर्नेको हकमा भने एनएमबि क्यापिटलको नाममा जारी गरिएको नेपाल क्लियरिङ हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थाको गुड फर पेमेन्ट गरिएको एकाउन्ट पेयी चेक संलग्न गर्नुपर्नेछ । गुड फर पेमेन्ट गरिएको एकाउन्ट पेयी चेक नभएको खण्डमा भने मान्यता दिइनेछैन । त्यस्तै, गुड फर पेमेन्ट गराउँदा लाग्ने २ लाख भन्दा बढी रकमको चेक जम्मा गर्नेहरुको हकमा भने चेक क्लियरिङ शुल्क वापतको रकम आवेदकले नै तिर्नुपर्नेछ ।

लगानीकर्ताहरुले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं वा नेपाल एसबीआई बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंमा पुग्ने गरी फारम बुझाउनुपर्नेछ । बोलपत्र साउन १७ गते दिउसो ३.३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खेलिनेछ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ छ । लिलामीबिक्री पछि भने चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij