२०८३ साउन ९ शनिबार

अनाथ बाल बाटिका संघलाई एनआईसी एसिया बैंकको सहयोग

ई आर्थिक    सोमबार, साउन ९ २०७४
3.3K
Shares
अनाथ बाल बाटिका संघलाई एनआईसी एसिया बैंकको सहयोग

९ साउन, काठमाडौं । एनआईसी एसिया बैंकले अनाथ बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ।

१९ वर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले भैंसेपाटीस्थित अनाथ बाल बाटिका संघमा आश्रित बालबालिकालाई सहयोग गरेको हो। शैक्षिक सामाग्रीका अलवा संघलाई खाद्य सामाग्री पनि वितरण गरिएको बैंकले जनाएको छ।

साथै, सोही अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथलीस्थित आफ्नो रजिष्टर्ड कार्यालय भवनमा रक्तदान कार्यक्रम गर्यो। जसमा करिब १५० जनाले रक्तदान गरी सहयोग गरेका थिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले हालै देशभरी फैलिएको आफ्नो शाखा संजाल मार्फत करिब ८ हजार विरुवाहरु रोपेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij