२०८३ साउन ९ शनिबार

एनएमबि बैंकले सञ्चालन गर्‍यो एनएमबि एकेडेमी

ई आर्थिक    सोमबार, साउन ९ २०७४
2.5K
Shares
एनएमबि बैंकले सञ्चालन गर्‍यो एनएमबि एकेडेमी

९ साउन, काठमाडौं । एनएमबि बैंकले नयाँ आर्थिक वर्षको सुरुआतसँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्रका रुपमा ‘एनएमबि एकेडेमी’ सञ्चालनमा ल्याएको छ।

सञ्चालनमा ल्याइएको उक्त ‘एनएमबि एकेडेमी’ को उदघाटन बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गर्नुभयो ।

यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको बैंकले जनाएको छ।

एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij