२०८३ साउन ९ शनिबार

भाेजे गाउँ काेहलपुरमा रहेकाे केएल दुगडको खाद्य गोदाममा विशाल आगलागी, अागाे निभाउन सेना, प्रहरी र शसस्त्र समेत परिचालन

ई आर्थिक    शनिबार, साउन ७ २०७४
5.4K
Shares
भाेजे गाउँ काेहलपुरमा रहेकाे केएल दुगडको खाद्य गोदाममा विशाल आगलागी, अागाे निभाउन सेना, प्रहरी र शसस्त्र समेत परिचालन

७ साउन, काठमाडाैं । नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा विशाल आगलागी भएको छ । दुगडकाे नेपालगञ्ज कोहलपुर सडकखण्डको भाेजे गाउँमा रहेको गोदाममा साे आगलागी भएको जिल्ला प्रहरी कार्यालय नेपालगञ्जले जानकारी दिएकाे छ । साे उद्याेगकाे मालिक कुमुद दुगड हुन् ।

गाेदाममा लागेकाे ठूलाे अागलागीलार्इ नियन्त्रणकाे प्रयास भर्इरहेकाे छ । साे अागाे निभाउन जिल्ला प्रहरी कार्यालय बाँके, नेपाली सेना र शसस्त्र प्रहरी र दमकल परिचालन भइसकेकाे छ । नेपालगञ्ज उपमहाननगरपालिका र कोहलपुर नगरपालिकाको दुई वटै दमकल आयो नियन्त्रणमा प्रयासरत रहेका छ । साे अागलागी नियन्त्रणमा स्थानीयहरूले समेत सहयोग गरिरहेका छन् । अागलागी फैलिन नदिन काेहलपुर प्रहरीलार्इ समेत तैनाथमा राखिएकाे काेहलपुर प्रहरी कार्यालयले र्इअार्थिक डट कमलार्इ जानकारी दिएकाे छ ।

गोदाममा ध्यू, सोयाविनको तेल र गहुँ लगायतकाे खाद्धन्न सामाग्रीहरू रहेकाे के एल दुगड समूह स्राेतले जानकारी दिएकाे छ । ठूलाे परिणाममा तेल रहेकाले अागाे निभाउन मुस्कील भइरहेकाे जिप्रका नेपालगञ्जले जानकारी दिएकाे छ । अागाे गाेदामकाे बीच भागबाट सुरू भएकाे साे कार्यालयले जानकारी दिएकाे छ ।

साे अागलागीबाट कराेडाैंकाे क्षति भएकाे प्रारम्भीक अनुमान रहेकाे छ । शनिवार विदाकाे दिन परेकाले तथ्य तथ्यांककाे सूचना संकलनमा कठिनार्इ भइरहेकाे दुगड समुह स्राेतले जानकारी दिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij