२०८३ साउन ९ शनिबार

६.७ रेक्टरको शक्तिशाली भूकम्पपछि ग्रीसको टापुमा सुनामी, २ जनाको मृत्यु

ई आर्थिक    शुक्रबार, साउन ६ २०७४
1.9K
Shares
६.७ रेक्टरको शक्तिशाली भूकम्पपछि ग्रीसको टापुमा सुनामी, २ जनाको मृत्यु

६ साउन, काठमाडौँ । एगियन समुद्रमा गएको शक्तिशाली भूकम्पका कारण ग्रीसको कोस नामक टापुमा दुई जनाको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार ६.७ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु कोसबाट १२ किलोमिटर उत्तर–पूर्वमा रहेको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार केन्द्रविन्दु जमिनबाट १० किलोमिटरको गहिराइमा रहेको थियो ।

भूकम्पपछि टापुमा सुनामी पनि आएको बेलायती मिडियाहरुले जनाएका छन् । टर्कीको बोड्रम सहर लगायत कोस र रोडस टापुमा यसको असर देखिएको छ ।

Greece_Turkey_Earthquake

भूकम्प स्थानीय समयअनुसार बिहान १ बजेर ३१ मिनेटमा गएको थियो । टर्की र ग्रीस भूकम्पको फल्ट लाइनमा रहेका छन् । त्यहाँ बारम्बार भूकम्प जाने गरेको छ । सन् १९९९ मा टर्कीमा आएको भूकम्पमा १७ हजारले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij