२०८३ साउन ९ शनिबार

हिमालयन पावर पार्टनरको शेयर बाँडफाँड, नयाँ नियम अनुसार सबै आवेदकले पाए न्यूनतम १० कित्ता शेयर

ई आर्थिक    बुधबार, साउन ४ २०७४
5.3K
Shares
हिमालयन पावर पार्टनरको शेयर बाँडफाँड, नयाँ नियम अनुसार सबै आवेदकले पाए न्यूनतम १० कित्ता शेयर

४ साउन, काठमाडौं । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर बुधबार बाँडफाँड गरिएको छ।

धितोपत्र बाँडफाँड निर्देशिका २०७४ को नयाँ नियम अनुसार सबै आवेदकले न्यूनतम १० कित्ता शेयर पाउने गरि बाँडफाँड भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

हिमालयन पावर पार्टनरले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन भएको शेयरमा एक लाख ६५ हजार एक जानाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये १२ सय ६४ आवेदक रद्ध भएको छ ।बाँकी एक लाख ६३ हजार सात सय ३७ जना सबैले १० कित्ता शेयर पाएका छन् ।सबै आवेदकले १६ लाख ३७ हजार १० कित्ता शेयर पाएका हुन् ।

बाँकी रहेका तीन लाख ३४ हजार तीन सय पाँच कित्ता शेयर बाँड्न पुन गोला प्रथा गरियो । त्यसमा पनि सबै आवेदकलाई समावेश गरियो ।गोलाप्रथामा समावेश भएका मध्ये ३४ हजार चार सय तीस जनाले पुन १० कित्ता थप शेयर पाएका छन् ।

बाँकी रहेको पाँच कित्ता बाँडफाँड गर्न पुन तेस्रो पटक गोला प्रथा गरियो । जसमा दोस्रो पल्ट गोला प्रथामा समावेश भएका ३४ हजार चार सय ३० जनालाई समावेश गरिएन । तेस्रो पल्टको गोलाप्रथामा एक लाख २९ हजार तीन सय सात जना मध्ये पाँच जनालाई एक / एक कित्ता शेयर बाँडफाँड गरिएको छ ।२० कित्ता शेयर भन्दा बढी कसैले पनि पाएन । पाउनेले १० कित्ता, ११ कित्ता र २० कित्ता सम्म शेयर पाएका छन् ।कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij