२ साउन, काठमाडौं । सिभिल बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।
बैंकले १० बराबर ४ अनुपातमा (१०ः४) अनुपातमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । बैंकको हकप्रद बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने उद्देश्यले सिभिलले ४० प्रतिशत हकप्रद ल्याउन लागेको हो । चुक्ता पुँजी वृद्धि गर्नेक्रममा सिभिलले असार १८ गतेदेखि युनिक फाइनान्स र हामा मर्चेन्ट एन्ड फाइनान्सलाई एक्वायर गरेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ ।