२०८३ साउन ९ शनिबार

यि चार ठाउँका पनि आन्तरिक राजश्व संकलन अब ग्लोबल आइएमईबाट

ई आर्थिक    आइतबार, साउन १ २०७४
4.5K
Shares
यि चार ठाउँका पनि आन्तरिक राजश्व संकलन अब ग्लोबल आइएमईबाट

१ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले आज देखि ४ वटा आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गको राजश्व संकलन सेवा सुरु गरेको छ ।

बैंकले लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको हो ।

यस अघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।

त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij