२०८३ साउन ९ शनिबार

विश्वभर घट्यो चिनीको मूल्य, नेपाली उद्योगमाथि संकटको छाया

ई आर्थिक    आइतबार, साउन १ २०७४
2.3K
Shares
विश्वभर घट्यो चिनीको मूल्य, नेपाली उद्योगमाथि संकटको छाया

१ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आँकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो ।

तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा अहिले ४७ हजार नौ सय दुई रुपैयाँ (चार सय ६५ डलर) पुगेको छ।

नेपाल चिनी उद्योग संघका अनुसार यसरी नै अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा कमी आइरहने हो भने नेपालको स्वदेशी उद्योग धराशयी हुने अवस्थामा पुग्नेछ । अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यका कारण नेपालमा अनियन्त्रित रूपमा चिनी आयात हुने हो भने स्वदेशी उद्योगसहित नेपाली उखु किसानले पनि प्रत्यक्ष रूपमा नोक्सानी उठाउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीले औंल्याएका छन् ।

सरकारले चिनी आयात गर्दा भन्सार शुल्क १५ प्रतिशत मात्रै तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घट्दा आमउपभोक्ताले भने सस्तोमा चिनी खरिद गर्न पाउनेछन् । उपत्यकाका उपभोक्ताले अहिले साल्ट ट्रेडिङ कर्पोरेसनबाट भारतबाट आयातित चिनी प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा खरिद गर्न पाएका छन् । व्यवसायीले बजारमा भने ९० रुपैयाँसम्म प्रतिकिलोमा चिनी बिक्री गर्दै आएका छन् ।

कर्पोरेसनले भारतबाट भन्सार शुल्क एक प्रतिशतमा मात्रै चिनी आयात गरेको छ । भन्सार छुटमा ल्याइएको चिनी कर्पोरेसनले उपभोक्तालाई सस्तोमा बिक्री गर्न सुरु गरेपछि लागत मूल्य बढी भएर स्वदेशी उद्योगको चिनीले बजार पाउन समस्या आएको छ । विश्वबजारमै सबैभन्दा ठूलो परिमाणमा चिनी उत्पादन हुने ब्राजिल, मरिसस, चीन, थाइल्यान्ड, भारतसहित अफ्रिकी मुलुकमा पर्याप्त मात्रामा चिनीको उत्पादन भएकाले यसको मूल्यमा ठूलो कमी आएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij