२०८३ साउन ९ शनिबार

लुम्बिनी जनरल इन्सुरेन्सको शतप्रतिशत हकप्रद बिक्री खुल्यो, कहाँ बाट दिने आवेदन ?

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
3.6K
Shares
लुम्बिनी जनरल इन्सुरेन्सको शतप्रतिशत हकप्रद बिक्री खुल्यो, कहाँ बाट दिने आवेदन ?

३० असार, काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले शुक्रबार (आज)देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । इन्सुरेन्सले १ः१ को अनुपातमा ३९ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

लुम्बिनीको हकप्रदमा असार १२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौं तथा लुम्बिनीको शेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र र हकप्रद शेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी र महेनद्रनगर शाखाबाट आवेदन दिन पाइनेछ ।

लुम्बिनीको हाल चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij