२०८३ साउन ९ शनिबार

१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने बाटो खुल्यो

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
3.6K
Shares
१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने बाटो खुल्यो

३० असार, काठमाडौं । १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै(असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो। बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो।

तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो। तर कांग्रेस र माओवादीनेतृत्व सरकार ढाल्नका लागि बजेटका आक्षित विधेयक व्यवस्थापिका संसदबाट पारित हुन दिइएको थिएन।

सरकार परिवर्तन भयो। अर्को आर्थिक वर्ष लागेपछि माओवादी नेतृत्वमा बनेको कांग्रेससहितको सरकारले आर्थिक विधेयक संसद्मा लगेर पास गराए, त्यतिञ्जेल समसामयिक कर असुली ऐन २०१२ को व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित गरी राजस्व उठाइएको थियो। उक्त आधारमा विनियोजन विधेयक गत वर्ष असारमै पास भएका थिएनन्।

तथ्यांकअनुसार १६ वर्षअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यका पालामा ०५७\५८ मै बजेट पारित भएको थियो। सरकारले जेठ १५ मा सदनमा प्रस्तुत गरेको बजेटको सबै विधेयक पास भएपछि साउन १ बाटै खर्च गर्ने, राजस्व र ऋण उठाउने बाटो खुलेको छ। असार मासान्तभित्रै विनियोजन विधेयक पारित भएकाले यसपटक पेस्की खर्च विधेयक भने आवश्यक पदैन।

अब संघ, प्रदेश र स्थानीय तहले साउन १ देखि नै बजेट खर्च गर्न पाउनेछन्। विनियोजन विधेयकले खर्च गर्न, आर्थिक विधेयकले राजस्व उठाउन र राष्ट्र ऋणले आन्तरिक ऋणउठाउने बाटो खुल्छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij