२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई आगामी शनिबार पुरै दिन कार्यालय खोल्न निर्देशन दिएको छ ।
चालु आर्थिक बर्षको राजश्व दाखिला गर्ने अन्तिम दिन असार ३१ गते शनिबार परेपछि राष्ट्र बैंकले ति बैंकहरु खोल्न निर्देशन दिएको हो ।
चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आईपीएस मार्फत मुक्तानी गर्ने तथा पुरै दिन ४ बजेसम्म राजश्ब रकम बुझ्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।
साथै राजश्व बुझ्ने र राजश्व दाखिला सम्बन्धी चेकहरु समेत बुझिलिई सोही दिन सेटलमेन्ट हुनेगरी क्लियरिङ मार्फत राजश्व जम्मा गर्ने व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको छ।