२०८३ साउन ९ शनिबार

मेडिकल कलेज भर्ना विवाद : योग्यलाई भर्ना नगरे ‘सम्बन्धन खारेज’

ई आर्थिक    शनिबार, असार २४ २०७४
4.8K
Shares
मेडिकल कलेज भर्ना विवाद : योग्यलाई भर्ना नगरे ‘सम्बन्धन खारेज’

२४ असार, काठमाडौं । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (एमडी एमएस, एमडीएस) का लागि छनोट भएका योग्य विद्यार्थीलाई भर्ना नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको साझा प्रवेश परीक्षाको योग्यताक्रममा छानिएर ‘ओपन हाउस काउन्सिलिङ’बाट समेत छनोट भएका विद्यार्थीलाई मेडिकल कलेजले भर्ना लिन नमानेपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।

उक्त विषय संस्थान आफैंले सल्टाउन नसकेपछि सरकारले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई मेडिकल कलेजले कानुनबमोजिम काम नगरे सम्बन्धन खारेज गर्ने प्रक्रियासमेत अघि बढाउन निर्देशन दिएको छ ।

योग्य विद्यार्थी भर्ना भए नभएको अनुगमन गर्ने र नियमबमोजिम काम नगर्ने मेडिकल कलेजलाई कारबाही गर्ने अधिकार भए पनि संस्थान मौन बसेपछि सरकारले यस्तो निर्देशन दिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij